Logo

कार्यवाहक प्रधानमन्त्री गच्छदारले डाके मन्त्रिपरिषद बैठक



काठमाडौं, ४ असोज । कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले आज मन्त्रिपरिषदको बैठक राखेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई सम्बोधन गर्नको लागि हिजो अमेरिका गएका हुन् ।

देउवाले गच्छदारलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको भोलिपल्टै उनले आज मन्त्रिपरिषद बैठक राखेका हुन् । खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भने,‘कार्यवाहक प्रधानमन्त्रीज्यूले डाकेको मिनि क्याबिनेट बैठकमा सहभागी हुन जाँदैछु, यो क्याबिनेट मिटिङ् नै हो।’

बैठकमा समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्