‘हाम्रो होईन, राम्रो व्यक्तिलाई मत दिनुहोस्’
काठमाडौं, ५ असोज । पूर्व मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले आगामी माघ ७ भित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न नभए मुलुक भद्रगोलतर्फ धकेलिने दाबी गरेका छन् ।
काठमाडौंस्थित् साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा फोकश नेपालले आयोजना गरेको ‘प्रतिनिधि सभा र प्रेदेशको निर्वाचनमा नागरिक समाजको भूमिका विषयक बिचार गोष्ठि तथा स्रष्टा सम्मान’ काक्रममा बोल्दै रेग्मीले यस्तो दाबी गरेका हुन ।
काम गर्ने मान्छेहरु काम गर्ने स्थानमा नभएको र बसेर खाने, अनियमितता गर्ने गलत चरित्रका मानिसहरु सक्तामा बसेको भन्दै आगामी निर्वाचनमा मुलुक र जनताको असली हितको निम्ति काम गर्ने नेतृत्व चयन गर्न आम जनतालाई आग्रह गरेका छन् ।
रेग्मीले भने,‘हाम्रो मुलुकमा काम गर्ने थोरै छन्, बसि खाने धेरै छन्, गलत चरित्र भएका मानिसहरु सरकारमा पुग्ने र अनियमितता गर्ने परिपाटी बसेको छ, यो अपराध हो यसलाई हटाउनको लागि जनताले निर्वाचनबाटै बढार्नुपर्छ, हाम्रोलाई होईन, राम्रो व्यक्तिलाई मतदान गर्नुपर्छ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रेग्मीले निर्वाचन आयोगले निर्माण गरेको मतपत्र ठुलो र झुक्किने खालको भएको भन्दै मतदाता शिक्षालाई जोडदार रुपमा अघि बढाउन आयोगसमक्ष आग्रह गरे ।
उनले भने,‘निर्वाचन आयोगले निर्भिकतापूर्वक स्थानीय तहको निर्वाचन सम्पन्न गरेको छ, अब महत्वपूर्ण निर्वाचनहरु बाँकी छन्, मतपत्र ठुलो र अल्झिने खालको छ भनिएको छ, जनताको मतलाई बदर हुन नदिनको लागि मतदाता शिक्षालाई तिव्रत्तर रुपमा अघि बढाउनुपर्छ, जनताले मताधिकार प्रयोग गर्ने, राम्रो व्यक्ति छान्ने, मतादाता शिक्षा लिने र जानेका समाजका व्यक्ति संस्था सबैले सहयोग गर्ने हो भने, हाम्रो मुलुकले संविधानको कार्यन्वयको मुख्य भागलाई पार गरेको मानिनेछ, त्यसका निम्ति हामी पनिसाथमै छौँ, आयोगले आफ्नो अधिकार निर्भिक भएर पालना गर्ने र सरकारले दलित, जनजाति, पिछडा वर्गका अधिकारलाई सुरक्षित गर्ने काम गर्नुपर्छ।’
संविधान कार्यान्वयको मुख्य पाटो प्रदेश सभाको निर्वाचन भएको दाबी गर्दै रेग्मीले वर्तमान समयलाई सरकार र जनताले संवेदनशिल रुपमा लिनुपर्ने बताए।
कार्यक्रममा उक्त संस्थाले विभिन्न क्षेत्रका एक दर्जन बढि कलाकार समाजसेवी, स्वास्थ्यकर्मीलाई सम्मान गरेको थियो । रेग्मीले सम्मानित व्यक्तिहरुलाई समाज हितका निम्ति काम गर्नको लागि जागरुक हुन अनुरोध गरे ।