Logo

निधिमाथि भर पर्दा २ नम्बर प्रदेशमा पार्टी कमजोर भएको भन्दै देउवा पक्षधर नेताहरु यसरी पड्किए



काठमाडौं, ६ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको छ । मतपरिणामको सुरुवाती अवस्थादेखि नै प्रमुख प्रतिपक्षी दल पछि परेको थियो । तर मधेशमा अत्यन्तै राम्रो गर्छु भनेर दाबी गर्दै आएको नेपाली कांग्रेसले पनि सोचेजस्तो नतिजा ल्याउन सकेन् । प्रमुख दलमात्रै नभएर प्रधानमन्त्री समेत भएको पार्टीले मधेशमा राम्रो सिट ल्याउने अवस्था रहेन् । यसबारेमा अहिले पार्टीभित्र शीर्ष तहमा घनिभुत छलफल भैरहेको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिनको लागि अमेरिका पुगेका छन् । उनी अमेरिका प्रस्थान गरेलगत्तै यता देउवा निकट शीर्ष नेताहरु नै चुनावी परिणामलाई लिएर समिक्षात्मक कोठे बैठकमा व्यस्त छन् । स्रोतका अनुसार २ नम्बर प्रदेशमा पार्टीले चुनाव हार्नु प्रमुख कारण नै नेता विमलेन्द्र निधि रहेको उनीहरुको निश्कर्ष रहेको छ । पार्टीले निधिमाथि गरेको विश्वासका कारण कांग्रेसले सोचेजस्तो परिणाम ल्याउन नसकेको उनीहरुको ठोकुवा रहेको छ ।

पार्टीले निधिमा यति धेरै विश्वास गर्नु नै ठूलो भुल भएको एक नेताले बताए । उनका अनुसार २ नम्बर प्रदेशको जिम्मा नै आफूले लिएको जस्तोगरि प्रस्तुत भएका थिए । हुन त उता प्रमुख प्रतिपक्षी दल नेकपा एमलेभित्र पनि अहिले चुनावी परिणामलाई लिएर व्यापक समिक्षा भैरहेको छ । अर्को पक्ष माधव कुमार नेपाल पक्षधरहरुको गोप्य भेलाहरु भैरहेका छन् ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन आउनेबेलासम्म मुलुकमा एउटा यस्तो माहोल चुलिएको थियो कि यो देशमा नेकबहपा एमालेमात्रै एउटा राष्ट्रवादी पार्टी हो । यसले सबै स्थानीय तह जितेको खण्डमा मात्रै मुलुकको समृद्धि र अस्तित्व जोगिन्छ भन्ने भ्रम पनि धेरैमा फैलाईएको थियो । हुन त पहिलो र दोस्रो चरणको निर्वाचनमा एमाले पहिलो बनेको थियो । २ नम्बर प्रदेशमा एमालेको ५ असोजको राती १२ बजेसम्मको स्थिती हेर्दा एक नगरपालिका र ४ गाउँपालिका सहित ५ स्थानीय तहमा विजयी भएको छ भने १४ स्थानीय तहमा अग्रता हाँसिल गरेको छ । एमालेको अन्य स्थानीय तहहरुमा स्थिती चौथो र पाँचौ अवस्थामा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्