Logo

२ नम्बर प्रदेशमा हाम्रो पार्टी दोस्रो हुन्छ : यादव



काठमाडौं, ६ असोज । संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले पनि बुढीगण्डकी आयोजनामा व्यापक चलखेल भएको बताए । उनले भने,‘चलखेल भएको छ, सरकार आउने वित्तिकै यस्तो हुने भएको छ, नियम कानून मिचेर भ्रष्टाचार भएको छ, भएका योजनाहरु पनि समयमै सम्पन्न हुँदैन्।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सभापति उनले नेपालका ठूला ठूला आयोजनाहरु पनि अलमलाएर राख्ने काम भएकोप्रति गुनासो पोखे। उनले अनियमितता भएको ठहर गभए स्वयम् मन्त्री नै कारवाहीको भागीदार हुने स्पष्ट पारे । उनले भने,‘राष्ट्रिय गौरव जोडिएको विषयमा मनोमानी ढंगले खेलबाड गर्ने काम भएको छ।’

त्यस्तै निर्वाचनको परिणामलाई लिएर आफू त्यति सन्तुष्ट हुन नसकेको पनि बताए । उनले भने,‘निर्वाचनका मतपरिणामहरु आउँदैछन्, ७३ प्रतिशत मत झर्नु नै खुशीको कुरा हो, यसकोलागि हाम्रो पार्टीले धेरै ठूलो जोखिम उठाएकै हो।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै यादवले सरकारले २ नम्बर प्रदेशको चुनावमा पनि धाँधली गरेको आरोप लगाए । उनले भने,‘धाँधली भएको छ, तर हामीले सहेर बसेका छौं।’ यद्धपी उनले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पूनः त्यस्तो हर्कत नदोहोर्याउनको लागि सरकारसँग आग्रह गरे । उनले २ नम्बर प्रदेशमा आफ्नो पार्टी दोस्रो हुने दाबी गरे ।

यादवले भने,‘हुन त हामी पहिलो पार्टी हुनुपर्ने हो, तर यहाँ धाँधली भयो, तर हामी जनमतलाई स्विकार गरेर अघि बढ्छौं, हामी दोस्रो हुन्छौं।’



प्रतिक्रिया दिनुहोस्