Logo

पूर्वराजा ज्ञानेन्द्रले दशैंको टीका नलगाउने



काठमाडौं, ६ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक दशैंको टीका नलगाउने भएका छन् । उनले शक्तिपीठहरुको पनि दर्शन गर्ने छैनन् ।

देशमा प्राकृतिक विपत्ती आएको भन्दै दशैंमा टीका नलगाउने र शक्तिपीठको दर्शन नगर्ने उनले बताएका छन् । पूर्वराजा शाहले दशैंको अष्टमीको दिन शक्तिपीठहरुको दर्शन गर्दै आएका छन् ।

आफूलाई केही हप्ता आराम गर्नुपर्ने र बाढी पहिरोले सर्वसाधारणको दैनिकी असहज भएकाले यो निर्णय गरेको पूर्वराजा शाहले बताएका छन् । उनले शुक्रबार जारी गरेको विज्ञप्तिमा आफ्नो प्रार्थना, चिन्ता र चासो समग्र नेपालीको हित र सम्मुनतीमा भएको उल्लेख छ ।

पूर्व राजाद्वारा जारी विज्ञप्तिमा भनिएको छ :

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारबाट केहि हप्ता आराम गरिबक्सनू पर्ने परामर्शलाई ध्यानमा राखी र देशका विभिन्न भागमा हालै आएको प्राकृतिक प्रकोपले नेपालीहरुको दैनिक जीवनमा आइपरेको असहज परिस्थिती समेतलाई रष्ट्रिगत गरि मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्ती पीठहरुमा दर्शन गरिबक्सने र विजया दशमीका दिन टिका बक्सने कार्यक्रम नहूने व्यहोरा जानकारी गराइन्छ । साथै मौसुफबाट आपmनो प्रार्थना, चिन्ता र चासो नेपालीहरुको समग्र हित र समून्नतीको लागी मात्र रहेको समेत व्यतm गरिवक्सेको छ ।



प्रतिक्रिया दिनुहोस्