Logo

आर्थिक हैसियत नहुनेले चुनाव लड्नै नसक्ने अवस्था आयो : प्रचण्ड



हेटौंडा, ६ असोज । माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहालले समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणाली खर्चिलो र बोझिलो भएको बताए । उनले भने,‘आर्थिक हैसियत नहुनेले चुनाव लड्नै नसक्ने अवस्था आएको छ ।’

देशमा पाँच वर्षसम्मको स्थीर सरकार चलाउने व्यवस्था भए राजनीतिक स्थिरता कायम भइ आर्थिक उन्नतितर्फ ध्यान दिन सकिने पनि प्रचण्डको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्