Logo

मुलुक कार्यवाहकहरुको जिम्मामा, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख विदेश सयलमा



काठमाडौं, ७ असोज । मुलुक यतिवेला कार्यवाहकहरुले सम्हालेका छन । तीनवटै निकाय कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकाका प्रमुखहरु यतिवेला विदेश भ्रमणमा गएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा यतिवेला संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा पुगेका छन् ।

त्यस्तै सभामुख ओनसरी घर्तीमगर पनि यतिवेला विदेश सयलमा छिन् । सभामुख घर्ती मगरले एकै दिन २२ वटा प्रस्ताव संसद बैठकमा पेश गरेर विदेश भ्रमणको हतारो प्रस्तुत गरेको भनेर यसअघि नै उनको बारेमा आलोचना भएको थियो ।

उनी भोलीबाट एक साता लामो विदेश भ्रमणमा जाँदैछिन्। सभामुख घर्ती मगर, सत्तारुढ कांग्रेस, माओवादी र प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतकको मिलेमतोमा आधा दर्जन विधेयकलाई हतारमा पास गरेको भनेर उनको बारेमा चौतर्फी आलोचना भएको थियो ।

व्यवस्थापिका-संसदको गत मंगलबार बसेको दुई वटा बैठकमार्फत सभामुख घर्तीले विधेयक पास गरेकी हुन्। संसदको मंगलबार बसेको दोस्रोे बैठकमा सांसदहरुले विधेयक पढ्न समेत नपाई हतारोमा पारित गरेका छन्। उनी यतिवेला श्रीलंकामा छिन् । त्यसपछि उनी लगत्तै रसिया जाने कार्यक्रम रहेको छ । यसरी हेर्दा उनी विदेश भ्रमणमा मस्त हुने बुझिएको छ ।

त्यस्तै न्यायापालिका प्रमुख प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पनि यतिवेला विदेशमा छन् । सर्वोच्च अदालतपनि कामुको जिम्मामा चलेको छ। संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शितलनिवासमा आयोजना गरेको डिनरमा मुलुकका तीन वटै निकायका प्रमुखहरुको उपस्थिति थिएन् । उक्त कार्यक्रममा समेत मुलुकका बागडोर सम्हालेका प्रमुखहरुको यस्तो विदेश मोह हुनु राम्रो संकेत नभएको भन्दै आलोचना भएको थियो ।



प्रतिक्रिया दिनुहोस्