Logo

मिथिला नगरपालिकामा एमाले विजयी



cpn-uml-1

महेन्द्रनगर, धनुषा, ७ असोज : मिथिला नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार नगर प्रमुख र उपप्रमुख दुवैमा विजयी हुनुभएको छ ।

नगर प्रमुखमा एमालेका हरिनारायण महतो विजयी हुनुभएको छ । उहाँले छ हजार ७४० र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार महतोले पाँच हजार १७८ मत ल्याउनुभएको छ ।

त्यसैगरी उपप्रमुखमा एमालेकै ताराकुमारी बस्नेत विजयी हुनुभएको छ । उहाँले छ हजार ६६५ र उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का मीनबहादुर जर्घा मगरले छ हजार ३३८ मत ल्याउनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्