Logo

महागढीमाई प्रमुखमा काँग्रेस, जीतपुर सिमरामा एमाले



कलैया, ८ असोज : महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख तथा उपप्रमुख विजयी भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत खडानन्द गौतमका अनुसार काँग्रेसका उपन यादव पाँच हजार ७६५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी संंघीय समाजवादी फोरम नेपालका शरदाशङ्कर जैसवालले पाँच हजार २७५ मत ल्याउनु भएको छ ।

उपप्रमुखमा काँग्रेसकी तारादेवी गुप्ता पाँच हजार ३७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालकी उमाराउतीदेवी बरैइले चार हजार ५२२ मत ल्याउनुभएको छ ।

यसैगरी जीतपुर सिमरा उपमहानगरपालिका प्रमुखमा नेकपा (एमाले)का डा कृष्ण पौडेल र उपप्रमुखमा एमालेकै सरस्वती चौधरी निर्वाचित हुनुभएको छ ।

डा पौडेलले १४ हजार ८६५ र चौधरीले १४ हजार ४५९ मत ल्याउनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः काँग्रेसका कृष्णव्रत सिंहले १२ हजार ४३ र नीरु रायमाझीले १२ हजार ४६५ मत ल्याउनुभएको छ ।

जितपछि प्रतिक्रिया दिँदै प्रमुख डा पौडेलले सबै मतदाताको इच्छा र चाहनानुसार सहमति, सहकार्य र एकताका साथ राजनीतिबाट टाढा रही समृद्ध उपमहानगरका रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्