Logo

चुनावी एजेण्डामा एमालेले ओलीलाई प्रधानमन्त्रीमा अघि सार्दै



काठमाडौं, ८ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्न भएसँगै मुलुक अब प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा होमिएको छ ।
प्रमुख दलहरुले निर्वाचनकोलागि चुनावी एजेण्डा तयार पारिसकेका छन् । कोही पार्टी भने अहिलेपनि चुनावको आन्तरिक तयारीमा जुटेका छन् ।

यो पटक प्रमुख दलले आफ्नो पार्टीबाट प्रधानमन्त्री कसलाई बनाउने भन्ने एजेण्डासमेत जनतामा लिएर जाने बुझिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई अबको प्रधानमन्त्रीको रुपमा उभ्याउने तयारी थालेको छ ।

यद्धपी उनको नाममा भने अर्को पक्ष माधवकुमार नेपाल पक्षधरले भने आपत्ति जनाएको छ। ओलीको अभिव्यक्तिका कारण देशभरि नै जनमत कमजोर देखिएको भन्दै ओलीलाई अबको प्रधानमन्त्रीको रुपमा उभ्याउन नहुने नेता नेपाल र बरिष्ठ नेता झलनाथ खनालको अडान रहेको छ ।

तर एमालेले उपाध्यक्ष वामदेव गौतमलाई अबको प्रधानमन्त्रीको रुपमा उभ्याउनुपर्ने भन्दै त्यही अनुसारको तयारी समेत भैरहेको छ।

प्रमुख दल नेपाली कांग्रेसभित्र बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले अब आफूलाई नै प्रधानमन्त्रीको उम्मेद्धवार ठान्नुपर्ने बताउँदै आएको छ । पौडेलले आफूले अहिलेसम्म पार्टीलाई ठूलो योगदान पुर्याएको भन्दै सकेसम्म आफूलाई नै प्रधानमन्त्रीको रुपमा उभ्याउनुपर्ने जिकिर गर्दै आएका छन् । उनले आफूलाई चुनावमा देशभरि नै प्रधानमन्त्रीको रुपमा नउभ्याएसम्म पार्टी कमजोर हुने चेतावनी समेत दिएका छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र भने अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीको रुपमा उभ्याउने एकमतले निर्णय भएको एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्