Logo

राष्ट्रपति भण्डारीबाट पृथ्वीनारायण शाहको शालिक अनावरण



काठमाडौं, ८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरि हिल्स परिसरमा निर्मित पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक अनावरण गरेकी छन्।

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित सो शालिक ५ फिट ८ इन्च उचाईको छ। मुर्तीकार नविन सुवेदीले सो शालिक निर्माण गरेका हुन्। पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको अभियानका क्रममा राजनीतिक र धार्मिक रुपले सम्बन्धित रहेको यस चन्द्रागिरिमा उनको शालिक राख्नु नेपाली इतिहासको संरक्षण र सम्बर्धनमा एक महत्वपूर्ण योगदान पुग्ने चन्द्रागिरि हिल्सले जनाएको छ।

सो अवसरमा राष्ट्रपति भण्डारीले स्थानीय जीवनस्तर उकास्ने तथा पर्यटनको विकासमार्फत नेपालको समृद्धि हासिल गर्ने काममा संस्थाले अहम भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्। चन्द्रागिरि जस्तो ऐतिहासिक स्थानलाई एकीकृत पर्यटकीय गन्तव्यका रुपमाविकास गरी यस संस्थाले अनुकरणीय काम गरेको चर्चा उनले गरिन्।

यस क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रुपमाविकास गर्ने योजना यस हिल्सले बनाएको छ । अहिले नै यहाँ प्रत्यक्ष रुपमा २५० भन्दा बढी व्यक्तिले रोजगारी प्राप्त गरिरहेका छन्।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्