Logo

गरुडा नगरपालिकामा प्रमुख पदमा फोरम र काँग्रेस



रौतहट, ९ असोज : गरुडा नगरपालिकाको प्रमुख पदमा संघीय समाजवादी फोरमका इन्दुराय यादव र उपप्रमुख पदमा नेपाली काँग्रेसकी रंगिला देवी निर्वाचित हुनुभएको छ ।

आइतबार राति सम्पन्न मतगणनामा यादवले तीन हजार ८७६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुुनिलकुुमार यादवले तीन हजार ८०३ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपप्रमुख रंगिला देवीले चार हजार ६०३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी विन्दुु देवीले चार हजार २७६ मत प्राप्त गर्नुभएको थियो ।

यादवको विजयसँगै रौतहटमा फोरमबाट विजयी हुनेको संख्या चार पुुगेको छ ।

जिल्लाभरिका कूल १८ स्थानीय तहका लागि भएको निर्वाचनमा गरुडा नपासँगै बौधीमाई, माधव नारायण, देवाही गोनाही नगरपालिकाको प्रमुखमा फोरमका उम्मेदवार विजयी भएका छन् ।

चन्द्रपुर, परोहा, गढीमाई, फतुुआ विजयपुुर, राजदेवी, बृन्दावन, राजपुुर नगरपालिका र दुुर्गा भगवती गाउँपालिकालगायत आठ स्थानमा काँग्रेस प्रमुख पदमा निर्वाचित भएको छ ।

त्यसैगरी माओवादी केन्द्र मौलापुुर नगरपालिका, कटहरिया नगरपालिका र यमुुनामाई गाउँपालिकाको प्रमुखमा विजयी भएको छ । गौर नगरपालिका, गुुजरा नगरपालिकामा राजपा र इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरम प्रमुखमा विजयी भएको छ ।



प्रतिक्रिया दिनुहोस्