Logo

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्छ : सिंह



धादिङ, ९ असोज । सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मंसिरको चुनावपछि नेपाली काँग्रेस पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।
नेपाली काँग्रेस धादिङले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो दाबी गरेका हुन् ।

वडादशैं तथा शुभ दीपावली २०७४, नेपाल संवत ११३८ र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बेल्दै सिंहले मंसिरमा हुने केन्द्र र प्रदेशको चुनावमा नेपाली काँग्रेस नै पहिलो हुने दावी गरेका हुन् ।

पूर्वउपप्रधानमन्त्री सिंहले स्थानीय तहको निर्वाचनबाट नेपाली काँग्रेसका नेताहरुले धेरै पाठ सिकेको बताउँदै निर्वाचनमा एक काँग्रेसले अर्को काँग्रेस चिन्न नसक्ने प्रवृत्ति हटाउन कार्यकर्तालाई आग्रह समेत गरेका हुन् ।

अब हुने निर्वाचनमा जनताको मन जित्न सक्ने उम्मेदवार छानेर सिफारिस गर्न आग्रह गर्दै केन्द्रले बनाएको मापदण्ड अनुरुप तीन जनाभन्दा बढीको नाम नपठाउन समेत सिंहले काँग्रेस जिल्ला नेतृत्वलाई आग्रह गरे ।

कार्यक्रममा न्याय, कानुन तथा संसदीय व्यवस्था राज्यमन्त्री दीलमान पाख्रिन, पूर्व सांसद रामनाथ अधिकारी, नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला लगायतले संघ र प्रदेशको निर्वाचनमा नेपाली काँग्रेसभित्र देखिएका मतभेद अन्त्यगरी एक भएर निर्वाचनमा जाने परिस्थिति सिर्जना गर्न आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रममा उनले पार्टी सभापति शेरबहादुर देउवाको भूमिकाप्रति टिप्पणी गर्दै भने,“देउवाजीको भूमिकाप्रति हामीलाई अहिले शंका लागेको छ, पार्टीका सबै संरचनहरु तयार गर्छु भन्नुभएको थियो, तर केही गर्नुभएन, यसमा हाम्रो गम्भिर ध्यानाकार्षण भएको छ ।”

नेता सिंहले आउने चुनावमा योग्य, सक्षम र लोकप्रिय नेताहरुलाईमात्रै टिकट दिनुपर्ने बताए । उनले भने,“तीन जनाबाहेक चार जनाको पनि नाम सिफारिश नगर्नुहोस्, दोस्रो कांग्रेसमा स्वस्थ प्रतिष्पर्धा गर्नुपर्छ, तर पाएपछि एकले अर्कालाई सहयोग गर्नुपर्छ, त्यो परम्परा बसाल्नुपर्छ, सबै क्षेत्रको सुनश्चित रायहहरु लिने र बुझेर अघि बढ्नुपर्छ।”



प्रतिक्रिया दिनुहोस्