Logo

वीरगन्ज महानगरपालिकामा भरतपुर काण्ड दोहोर्याउन खोजिएको भन्दै उपेन्द्र यादवको आपत्ति



तत्काल मतगणना सुचारु नगरे ठीक नहुने चेतावनी
काठमाडौं, १० असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वीरगन्ज महानगरपालिकाको मतगणना स्थगन् हुनु आश्चर्यजनक भएको आरोप लगाएका छन् । उनले वीरगन्जमा कांग्रेसले आफ्नो उम्मेद्धवार हार्ने निश्चित भएकोले अर्को भरतपुर काण्ड दोहोर्याउन खोजेका आरोप लगाए ।

मंगलबार विहान पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै अध्यक्ष यादवले आफ्नो पार्टीका मेयरका उम्मेद्धवार विजय सरावगीले जित्ने निश्चित भएको थाहा पाएपछि कांग्रेसले यस्तो षड्यन्त्रको प्रपञ्च रचिरहेको भन्दै गम्भिर आपत्ति प्रकट गरे ।

उनले यथाशिघ्र मतगणना सुचारु गर्न समेत निर्वाचन आयोगसमक्ष आग्रह गरे । उनले भने,“होईन, ऋषिजी मलाई अचम्म लागेको कुरा, जब जब कांग्रेसले लिड गर्छ उसलाई मतगणना गर्न कुनै आपत्ति छैन, तर जब हामी लिड गर्छौं आँत्तिएर उनीहरुले यस्तो षड्यन्त्र गरिरहेका छन्, यो हामीलाई कुनैपनि हालतमा मान्य हुँदैन्।”

तेस्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढि चासो रहेकोे प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्ज महानगरमा मतगणना रोकिएको छ ।

मतगणना रोकिएपछि अध्यक्ष यादवले यस्तो आक्रोश पोखेका हुन् । उनले निर्वाचन अधिकृत पनि यसमा मिलेको गम्भिर आरोप लगाए । यादवले यथाशक्य चाँडो मतगणना सुचारु गर्न आयोगसँग माँग गरे ।

त्यस्तै फोरमबाट मेयरका उम्मेद्धवार सरावगीले पनि आपत्ति जनाए । उनले यसमा कांग्रेस, माओवादी र राजपा पनि मिलेको आरोप लगाए । “मधेशको मसिया हुँ भन्ने राजपा पनि यसमा मिलेको देखियो, तर वीरगन्जवासीहरु सचेत छन्, यहाँ कुनैपनि किसिमको षड्यन्त्र र जालझेल स्किार्य छैन, हामी विजयको सुनिश्चिततातर्फ छौं, विजय हुनबाट हामीलाई कसैले रोक्न सक्दैन्, उनले भने।

मतगणाका क्रममा मतगणकले गडबड गरेको भन्दै काँग्रेस , राजपा सहितका दलहरुले विरोध जनएपछि आइतवार राति नौ बजेदेखि मतगणना स्थगीत भएको हो । मतदान भएको दिन खसेको मुचुल्कामा उल्लेख भए अनुसारको भन्दा मतगणनाका क्रममा बढि मत खसेको भनेर गणकहरुले देखाएका कारण विरोध भएपछि राति नौ बजेदेखि मतगणना स्थगित भएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति अरविन्द गुप्ताले बताए ।

राजपाका मेयरका उम्मेदवार राजेश मान सिंहले पनि मतगणनाका क्रममा धाँधली भएकाले राति नौ बजे देखि मतगणना स्थगीत गर्न लगाएको बताए ।  मतगणनाका क्रममा धेरै धाधली भइरहेको छ , मतदानका दिन जति मत खसेको थियो त्यो भन्दा बढि मत खसेको मतगणकहरुले बताइरहेका छन्, सिंहले भने, यो सरासर धाधली भइरहेको छ , हा

वीरगञ्ज महानगरमा संघीय फोरमका उम्मेदवार विजय सरावगीले अग्रता यथावत् राखेका छन्। कांग्रेसका अजय द्विवेदीसँग कडा टक्कर परिरहेपनि सरावगी मेयरको दाबेदारका रुपमा मतअन्तर वृद्धि गर्दै गएका छन्।

सरावगीले १५ हजार ६ सय ५३ मत प्राप्त गर्दा द्विवेदीले १४ हजार २ सय ५७ मत प्राप्त गरेका छन्। तेश्रो स्थानमा रेहको राजपाका राजेशमानसिंहले ९ हजार ५ सय ८२ मत ल्याएका छन्। हालसम्म विरगञ्जमा ६७ हजार २ सय ७६ मत गणना भएको छ।एमालेका बसरुद्धिन अन्सारीले ७ हजार ३ सय ३२ मत प्राप्त गर्दा माओवादी केन्द्रका रहबर अन्सारीले ७ हजार १ सय २३ मत ल्याएका छन्।



प्रतिक्रिया दिनुहोस्