Logo

चन्दलाई आईजीपी बनाउने देउवाको योजनामा गृहमन्त्री शर्मा बाधक



काठमाडौं, १६ असोज । एआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको आईजीपी बनाउने प्रधानमन्त्री शेरबहादुर देउवाको योजनामा गृहमन्त्री जनार्दन शर्मा बाधक बनेपछि देउवा अहिले रुष्ट बनेका छन् ।

प्रधानमन्त्री देउवाले हालका आईजीपी प्रकाश अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र आईजीपीमा हालका एआईजी जयबहादुर चन्दलाई बढाउ गर्ने तयारी गरेका थिए ।

तर, गृहमन्त्री शर्माले कुनैपनि हालतमा हुन नसक्ने भन्दै कडा अडान लिएपछि देउवा केही समयलाई ब्याक भएका छन् । तर देउवा निकट उच्च स्रोतका अनुसार उनले तिहार अघि नै चन्दलाई आईजीपी बनाउने तयारी थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्