Logo

एमाले र माओवादीवीच एकता स्वागतयोग्य : राजपा



काठमाडौं, १७ असोज । राजपा नेपालका महासचिव केशव झाले माओवादी र एमालेवीचको एकताको स्वागत गरेका छन् । उनले भने,‘पार्टीहरु मिल्नु अत्यन्तै राम्रो हो, दल कम हुनु स्वागतयोग्य कुरा हो।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टी एकतालाई लिएर आफूहरु खुशी भएकोले सकारात्मक कदम भएको स्पष्ट पारे ।

उनले वामपन्थी एकता हुनु भन्दापनि दलहरु एक हुनु खुशीको कुरा भएको टिप्पणी गरे । फरक प्रसँगमा उनले आउने मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तालमेल गर्न आफूहरु खुल्ला रहेको स्पष्ट पारे ।

त्यसको लागि पहिलो प्राथमिकतामा संघीय समाजवादी फोरम नेपाल रहेको उनले जनाए । त्यस्तै उनले लोकतन्त्रवादी शक्तिहरु अब एक हुुनपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्