Logo

वाम एकता सत्ता प्राप्तिका लागि : नेता महत



भक्तपुर, १९ असोज : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले नेकपा (एमाले), माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको एकता सत्ता प्राप्तिका लागि मात्र भएको बताउनुभएको छ ।
नेपाली काँग्रेस सूर्यविनायक नगर कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीतिमा एमाले सबैतिरबाट एक्लिँदै गयो, अनि बाध्य भएर एमाले अध्यक्ष ओलीले गठबन्धन र एकताको नाममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका संयोजक बाबुरामलाई फसाए ।”

वाम एकताले आत्तिनु पर्ने अवस्था नआएको र यसबाट काँग्रेस विचलित नहुने उहाँको भनाइ थियो । उहाँले वर्तमान सरकारले नै मंसिरको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनलाई पूर्णता दिने बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्