Logo

अन्ततः चित्रबहादुरको पार्टी पनि एमाले–माओवादी केन्द्रको गठबन्धनमा



काठमाडौ, २१ असोज । राष्ट्रिय जनमोर्चा पार्टीले पनि एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ती नेपालवीको बाम गठबन्धनमा चुनावी तालमेल गर्ने तयारी गरेको छ ।

काग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आफुहरुसग सहभागी हुन आव्हान गरेपनि राष्ट्रिय जनमोर्चा पार्टीले भने बाम गठबन्धन नै रोज्न लागेको हो ।

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पार्टीले बाम गठबन्धनमा सहभागी हुने विषयमा पार्टीले आधिकारिक निर्णय नै गर्ने जानकारी दिए ।

केही दिन अघिको रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले भान्सा, पहिरन र व्यवहार मिल्नेसँग किन बेग्लै बस्ने भन्ने अवधारणाबाट आफूहरु अघि बढिरहेको जानकारी दिएका थिए ।

बाम गठबन्धनमा एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टी, नेपाल परिवार दल र केही स्वतन्त्र उम्मेद्धार एकतावद्ध भईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्