Logo

माओवादी केन्द्रका मन्त्रीहरुलाई जुन बेलापनि हटाउन देउवा तयार



काठमाडौं, २३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई जुनसुकै बेलापनि हटाउन सक्ने मनस्थितिमा पुगेका छन् ।

माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी गठबन्धन बनाएको र पार्टी एकतासम्मको प्रयासमा अघि लम्बिएकोले आफूहरुलाई यो ठूलो राजनीतिक धोका भएको ठहर गर्दै माओवादी केन्द्रका मन्त्रीहरुलाई जतिबेला पनि हटाउन सक्ने तयारीमा जुटेका छन् ।

स्रोतका अनुसार उनी माओवादी केन्द्रको विकल्पमा राप्रपासहितका अन्य दललाई समेत सरकारमा सहभागी गराउने तयारीमा होमिएका छन् । त्यसको लागि राप्रपा फेरि सरकारमा सहभागी हुने प्रयासमा जुटेको छ । त्यसको लागि उसले आज सरकारमा सहभागी हुन राप्रपाले आकस्मिक बैठक समेत बोलाएको थियो । तर बैठकले यसबारेमा कुनै ठोस निर्णय भएको छैन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको थियो । पार्टीका शीर्ष नेतृत्वको गएराति नेपाली काँग्रेसका नेताहरुसँग सरकारमा सहभागिताका लागि भएको सहमतिपछि अघि ११ बजे आकस्मिक बैठक बोलाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्