Logo

उपेन्द्र तत्काल सरकारमा सहभागी नभएपनि समर्थन जारी रहने



काठमाडौं, २३ असोज । संघीय समाजवादी फोरम नेपाल तत्काल सरकारमा सहभागी नहुने भएको छ । तर उसले सरकारलाई दिएको समर्थन भने जारी राख्ने निर्णय गरेको छ ।

अध्यक्ष उपेन्द्र यादवले अहिले नै आफूहरुलाई सरकारमा जानेबारे कुनै हुटीहुटी नचलेको दाबी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई जुनसुकै बेलापनि हटाउन सक्ने मनस्थितिमा पुगेका छन् । अध्यक्ष यादवले आफ्नो पार्टीको पूर्ण समर्थन रहने विश्वास दिलाएकाले नै देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउने तयारी गरेका हुन् ।

माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी गठबन्धन बनाएको र पार्टी एकतासम्मको प्रयासमा अघि लम्बिएकोले आफूहरुलाई यो ठूलो राजनीतिक धोका भएको ठहर गर्दै माओवादी केन्द्रका मन्त्रीहरुलाई जतिबेला पनि हटाउन सक्ने तयारीमा जुटेका छन् ।

स्रोतका अनुसार उनी माओवादी केन्द्रको विकल्पमा राप्रपासहितका अन्य दललाई समेत सरकारमा सहभागी गराउने तयारीमा होमिएका छन् । त्यसको लागि राप्रपा फेरि सरकारमा सहभागी हुने प्रयासमा जुटेको छ । त्यसको लागि उसले आज सरकारमा सहभागी हुन राप्रपाले आकस्मिक बैठक समेत बोलाएको थियो । तर बैठकले यसबारेमा कुनै ठोस निर्णय भएको छैन् ।



प्रतिक्रिया दिनुहोस्