Logo

सरकार पुर्नगठन र नेपाली कांग्रेस–लोकतान्त्रिक फोरम एकता अन्यौलमा



२४ असोज, काठमाण्डौ । पछिल्लो राजनीतिक घटनाक्रमले सरकार ढल्नेदेखि सरकार पुर्नगठन हुन सक्नेसम्मको चर्चा चलिरहेको छ । तर सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताइरहेको छ । प्रमुख प्रतिपक्ष दलसँग पार्टी एकतासम्मको प्रक्रिया सुरु गरेको माओवादीलाई कतिपयले नैतिकताको आधारमा सरकारमा बस्ने नहुने बताइरहेका छन् भने कतिपयले चुनावको मुखमा सरकार परिवर्तन गर्न नहुने तर्क गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि माओवादीलाई सरकारबाट हटाएर राप्रपा र संघिय समाजवादी फोरमलाई सरकारमा सहभागि गराउने चर्चा चलिरहेको छ । तर फोरमसँग कुरा नमिलेको भन्दै सरकार पुर्नगठन नहुने बताइएको छ ।
गठबन्धनमा आबद्ध राप्रपा लगायत केहि दल सरकारमा जान तयार भएपनि राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसंग कुरा मिल्न सकेको छैन । मुख्य दलबीच ध्रुब्रिकरण बढेसंगै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुर्नगठनका लागि छलफल अघि बढाएका थिए ।

अकौतिर कानुनविदले पनि सरकार पुर्नगठन गर्दा निर्वाचन आचारसंहिताले अप्ठेरो पर्ने तथा निर्वाचन नै प्रभावित हुनसक्ने बताएपछि प्रधानमन्त्री देउवालाई सकस परेको छ ।
त्यस्तै कंग्रेस र लोकतान्त्रिक फोरमबीच हुने भनिएको एकता समेत अन्यौलमा परेको छ । प्रत्यक्ष र समानुपातिक तर्फको सिट संख्यामा सहमति हुन नसकेपछि एकता प्रक्रिया रोकिएको लोकतान्त्रिक फोरम श्रोतले जनाएको छ । यद्यपि दुई दलबीच थप छलफल गरी केहि दिन भित्रै एकता प्रक्रिया अघि बढाईने नेताहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्