Logo

एमालेबाट प्रत्यक्ष र समानुपातिकका लागि सिफारिस



cpn-uml-1

मनाङ, २४ असोज ।  एउटा मात्र संघीय क्षेत्र र दुई वटा प्रदेश क्षेत्र रहेको हिमाली जिल्ला मनाङमा नेकपा(एमाले)ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएको छ ।
संघको प्रत्यक्षमा एमाले जिल्ला अध्यक्ष पोल्तेनछोपाङ गुरुङलाई सिफारिस गरिएको छ । त्यस्तै प्रदेश क्षेत्र नं १ मा धोर्जेढोङ्गेल गुरुङ र प्रदेश क्षेत्र २ मा राजीव गुरुङलाई सिफारिस गरिएको छ ।
समानुपातिकतर्फ पासाङ विष्ट, याङ्दुङ गुरुङ, मंगलबहादुर गरुङ, युटेन गुरुङ, नरेन्द्र घले, रत्न गुरुङ र नन्द गुरुङको नाम केन्द्रमा सिफारिस गरिएको एमाले जिल्ला सचिव लोकेन्द्र घलेले बताउनुभयो ।

करिब छ हजार मतदाता रहेको जिल्लामा चार गाउँपालिका छन् । स्थानीय निर्वाचनमा एमाले र नेपाली काँग्रेसले दुई दुई स्थानमा जित हासिल गरेका थिए ।

केन्द्रीय तहमा एमाले र नेकपा(माओवादी केन्द्र)बीच गठबन्धन भए पनि जिल्लामा माओवादीको झिनो मतका कारण उम्मेदवारी सिफारिस नहुने बताइएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्