Logo

मोदीलाई नेपाल ल्याउने देउवाको चाहना पूरा नहुने, यस्ता छन् कारणहरु



काठमाडौं, २४ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही अक्टोबरमा हुने नेपाल भ्रमणको सम्भावना अब टरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै कार्यकालमा भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणमा ल्याउन अथक प्रयास गरेका थिए ।

तर उनको यो चाहनामा भने ठूलो ब्रेक लागेको छ । यसको प्रमुख कारण हो–नेपालमा निर्वाचनको मिति तय भैसक्नु हो । र, नयाँ सरकार बन्ने प्रकृया पुनः दोहोरिन सक्ने भन्दै मोदीको नेपाल भ्रमण अब टरेको उच्च स्रोतले जनाएको छ ।

अरुण तेश्रो जलविद्युत परियोजनाको शिलान्यास गर्नकालागि अक्टोबरको दोश्रो साता प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तारतम्य मिलाइएको थियो। यो परियोजना शिलान्यासकालागि प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष आग्रहमा प्रधानमन्त्री मोदीले पनि नेपाल जाने इच्छा राखेका थिए।

नेपाल पक्षले परियोजनाको संयुक्त उदघाटनमा जोड दिए भारतीय पक्षले प्रधानमन्त्रीको भौतिक उपस्थित बिना डिजिटल प्रविधिको प्रयोगबाट उद्घाटन गराउने कार्यक्रम तय भएको थियो। भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रदेश र संसदीय निर्वाचन अघि नै प्रधानमन्त्री मोदीको भ्रमण गराउनका लागि पहल गरेका थिए ।

नेपाल रहँदा उनले धार्मिक भ्रमण गर्ने समेतको कार्यतालिका बनाएका थिए । जसअनुसार उनले जनकपुर, लुम्बिनीदेखि मुक्तिनाथ सम्म जाने योजना सार्वजनिक गरेका थिए । सोही अनुसार नेपाल सरकारले पनि उच्च चाँजोपाँजो मिलाएको थियो ।

उनको भ्रमण स्थगित् हुनुको प्रमुख कारण नेपालमा चुनावको मिति घोषणा, अहिलेको वाम गठबन्धन गठन र राजनीतिक ध्रुविकरणले गर्दा उनी अहिले नेपाल नआउने बुझिएको छ ।

पछिल्लो समय नेपाल–भारत सम्बन्ध राम्रो बनाउन चाहेका थिए । त्यही अनुसार उनले नेपाललाई उच्च प्राथमिकतामा राखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्