Logo

गोरखा क्षेत्र नम्बर २ : बाबुराम भर्सेज नारायणकाजी : दुवैले दाबी गरेपछि विवाद



२५ असोज, काठमाण्डौ । गोरखा क्षेत्र नम्बर २ मा वामपन्थी चुनावी तालमेलमा विवाद देखिएको छ । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ दुवैजनाले उक्त क्षेत्रमा दाबी गरेपछि विवाद भएको हो । वाम गठबन्धनको ९ सदस्यीय कार्यदलले कुन क्षेत्रमा कसलाई उठाउने भन्ने विषयमा छलफल गरेको थियो । उक्त छलफलका क्रममा दुवै नेताको दाबी प्रस्तुत भएपछि कुरा मिल्न नसकेको हो ।

नयाँ शक्तिले यसअघिदेखि नै गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराईलाई उठाउने तयारी भइसकेको भन्दै दाबी नछोडेको हो । उक्त क्षेत्रमा भट्टराईको जित सुनिश्चित भएको भन्दै नयाँ शक्तिले छाड्न नसकिने अडान लिएको छ ।
यता माओवादी केन्द्रले पनि पहिलेदेखि नै नारायणकाजी श्रेष्ठलाई उठाउने तयारी भइसकेको भन्दै उक्त क्षेत्रमा श्रेष्ठलाई नै उम्मेदवारी बनाउनुपर्ने अडान लिएको छ ।
अन्य केही जिल्लाका क्षेत्रहरुमा पनि वाम गठबन्धनभित्र विवाद चुलिएको छ ।
धदिङ र काठमाण्डौ जिल्लाका केही क्षेत्रमा चुनावमा कसलाई उठाउने भन्ने विषयमा कुरा मिल्न सकेको छैन । धेरैजसो क्षेत्रमा नेकपा एमाले र माओवादी केन्द्रबिचमा विवाद भएको हो ।



प्रतिक्रिया दिनुहोस्