Logo

आन्दोलन स्थगीत गर्न गृहमन्त्री शर्माको दबाब, निर्माण व्यवसायी असन्तुष्ट



२५ असोज, काठमाण्डौ । गृहमन्त्री जनार्दन शर्मा र निर्माण व्यवसायी महासंघका प्रतिनिधीबिच विवाद भएको छ । महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्रीलाई दबाब दिन गृहमन्त्रालय पुगेका महासंघका प्रतिनिधीलाई मन्त्री शर्माले आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए । तर व्यवसायीहरुले हत्यारा पत्ता नलागेसम्म आन्दोलन जारी राख्ने अडान लिएपछि गृहमन्त्री शर्मा असन्तुष्ट बने ।

शर्माले अमेरिका जस्तो विकसित देशमा पनि सुरक्षाको प्रत्याभूति हुन नसकेको उदाहरण दिदै व्यवसायीलाई आन्दोलन रोक्न दबाब दिएपछि व्यवसायी पनि असन्तुष्ट बनेका छन् । मन्त्री शर्माले ३ सय जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिहेको जानकारी दिदै व्यवसायीलाई आश्वस्त पार्ने प्रयास गरे पनि व्यवासयीले पक्राउ नभएसम्म विश्वास गर्न नसकिने बताए ।
गत सोमबार नेपाल निर्माण व्यवासायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएपछि निर्माण व्यवसायी आन्दोलित बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्