Logo

बामगठबन्धनको स्पष्ट वहुमत आाउने माधव नेपालको दाबी



काठमाडौं, २६ असोज । नेकपा एमालेका नेता माधव कुमार नेपालले आगामी निर्वाचनमा बामगठबन्धनको स्पष्ट वहुमत आाउने दाबी गर्नुभएको छ ।

नेकपा एमाले बैदेशिक मामिला बिभागले बिहीबार काठमाडौमा गरेको नेपालको विकास र समृद्धिमा ग्रैर आवासीय नेपालीहरुको भूमिका बिषयक अन्तक्र्रियामा नेता नेपालले यस्तो बताउनुभएको हो ।

उहाले मुलुकलाई समृद्धि र विकासतर्फ अघि बढाउनका लागी राष्ट्रिय एकताको खाचो औल्याउदै बाम गठबन्धन भएको उल्लेख गर्नुभयो । उहाले स्थानीय तहको परिणामलाई हेर्दापनि आगामी निर्वाचनमा बामगठबन्धन हाबी हुने भन्दै त्यसपछि मुलुकमा स्थीर सरकार बन्ने बताउनुभयो ।

नेता नेपालले आगामी निर्वाचनमा काग्रेस ३५ प्रतिशतमा सिमित रहने धारणा राख्नुभयो ।



प्रतिक्रिया दिनुहोस्