Logo

यस्तो छ समानुपातिक उम्मेदवार छनौटको तयारी, सबैजसो दलमा आकांक्षी धेरै हुँदा समस्या



२६ असोज, काठमाण्डौ । आगामी मंसिरमा हुने प्रदेशसभा र केन्द्रिय प्रतिनिधिसभाको चुनावका लागि दलहरु उम्मेदवार टुङ्गो लगाउन कसरत गरिरहेका छन् । दुवै चुनावको समानुपातिक तर्फको मनोनयन यही असोज २९ गते गर्नुपर्ने भएकाले दलहरु उम्मेदवार छनौटको कसरतमा व्यस्त छन् । सबैजसो दलहरुमा उम्मेदवारका आकांक्षी अत्याधिक धेरै भएकाले उम्मेदवार टुङ्गो लगाउन कठीन भइरहेको छ ।

समानुपातिकतर्फ उम्मेदवार छिनोफानो गर्न नेपाली कांग्रेसको संसदीय वोर्डको बैठक बसिरहेको छ ।
त्यस्तै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा लगायतका प्रमुख दलहरु पनि उम्मेदवार छनौटको रस्साकस्सीमा छन् । राप्रपा, राप्रपा प्रजातान्त्रिक, लोकतान्त्रिक फोरमलगायतका दलहरु पनि समानुपातिक तर्फको उम्मेदवार खोजिरहेका छन् ।दलहरुले जिल्लाबाट सिफारित भइ आएका उम्मेदवारबाट अन्तिम नाम छनौट गर्नेछन् । सबैजसो दलका जिल्ला कार्यसमितिले आवश्यकभन्दा धेरै आकांक्षीको नाम केन्द्रमा पठाएकाले अन्तिम नाम छान्न कठीन भएको छ ।
दुईवटैसभाको निर्वाचन सँग सँगै तर दुई चरणमा मसिंर १० र २१ गरिने यसअघि नै घोषणा भइसकेको छ ।

प्रत्यक्ष तर्फ पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ देखि ८ गतेसम्म र दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गतेदेखि १९ गतेसम्मको निर्वाचन कार्यक्रम ल्याइएको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि भने असोज २९ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने तोकिएको छ ।
आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा पहिलो चरणमा तथा पहाडी र तराईका ४५ जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्