Logo

काँग्रेससँग पार्टी एकीकरण हुन सक्छ : गच्छदार



विराटनगर, २६ असोज : उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच निर्वाचन अगाडि पार्टी एकीकरकण हुन सक्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलम आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस सम्बन्धमा दुवै पार्टीका नेताहरुबीच छलफल भई सहमतिपश्चात बृहत लोकतान्त्रिक गठबन्धन निर्माण हुने र यसमा अन्य साना दलसमेत सहभागी हुने बताउनुभयो ।

उपप्रधानमन्त्री गच्छदारले वर्तमान सरकार तोकिएको समयमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउने सम्बन्धमा सबैलाई ढुक्क हुन पनि आग्रह गर्नुभयो ।

राप्रपालाई सरकारमा सहभागी गराउने गरी सहमति भएअनुसार नै प्रधानमन्त्रीले आफ्नो अधिकारको प्रयोग गरी सरकारमा लैजान लागेको उहाँको भनाइ थियो ।(रासस)



प्रतिक्रिया दिनुहोस्