Logo

अध्यक्ष यादवको नाम दुई क्षेत्रबाट



इनरुवा, २७ असोज(रासस) ः अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले सुनसरीबाट सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ ।

संघीय समाजवादी फोरम नेपालले प्रतिनिधि सभा र प्रदेश सभाका लागि प्रत्यक्ष र सभानुपातिक गरी जम्मा १२३ जनाको नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ सुनसरी–१ नं क्षेत्रबाट अशोककुमार राई, ध्यानबहादुर राई, भीम राई तथा समानुपातिकतर्फ दुर्गामाया लिम्बू, वीरेश थापा, रकम चेम्जुङ, ध्यानबहादुर राईको नाम सिफारिस गरेको छ ।

त्यस्तै प्रदेश सभा सुनसरी १ (क) को प्रत्यक्षतर्फका लागि राजेन्द्र इस्बो लिम्बू, विपिन इवाराम लिम्बू, मानभगत चाम्लिङ र समानुपातिकतर्फ विरेश थापा, मानभगत चाम्लिङ, किरण देवानलाई सिफारिस गरिएको छ ।

क्षेत्र नं १(ख) मा प्रत्यक्षतर्फ शुभचन्द्र राई, जयमान सम्पाङ राई र समानुपातिकतर्फ मनोज प्रधान, लालबहादुर विनापुमा राईलाई सिफारिस गरिएको छ ।

त्यसैगरी क्षेत्र नं २ का प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ पार्टी अध्यक्ष उपेन्द्र यादव, सचिव पर्शुराम बस्नेत, भीम राई, तेजनारायण चौधरी र देवकृष्ण मेहताको नाम सिफारिस गरिएको छ ।

त्यस्तै समानुपातिकतर्फ सिल्पीबाट सुमित्रादेवी खत्वे, आदिवासी जनजातिबाट गायत्री आलेमगर, खसबाट पर्शुराम बस्नेत, मधेसीबाट सीतादेवी यादव र अमनकुमार चौधरीलाई सिफारिस गरिएको हो ।

प्रदेस सभा क्षेत्र नं २(क) का लागि प्रत्यक्षमा तेजनारायण चौधरी, राजकुमार गुरुङ र समानुपातिकतर्फ ध्रुवकुमार सुब्बा, दीपेश राई, शंकर राई, गुलाव ब्रह्मण शर्मा, गायत्री आलेमगर, रामबहादुर खड्कालाई सिफारिस गरिएको छ ।

त्यस्तै क्षेत्र नं २(ख)का लागि प्रत्यक्षमा नारायण यादव, धर्मवीर आर्य, बेचन मेहता, बुधनारायण यादव, मनिषकुमार माडु र समानुपातिक तर्फ भगिरथ खत्वे, सूर्यनारायण यादव, गुलाव शर्मा, अभिनन्दकुमार यादव, सुनिता यादव, सुशीलाकुमारी यादव, निलमदेवी यादव, लक्ष्मीदेवी राम प्रमिलादेवी मण्डल, अनिता यादव, गंगाराम चौधरी, गीताकुमारी यादव र पञ्कजकुमार भगतको नाम सिफारिस भएको छ ।

त्यस्तै क्षेत्र नं– ३ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ पदम अधिकारी र समानुपातिकतर्फ ध्रुवकुमार सुब्बा, शंकर राई, एकनारायण सिंह, रामअधार यादवको नाम सिफारिस भएको छ ।

त्यस्तै प्रदेश सभाका लागि क्षेत्र नं ३(क)बाट प्रत्यक्षमा तेजनारायण चौधरी, राजकुमार गुरुङ र समानुपातिकतर्फ रामकुमार राई, विनादेवी यादव, रहमत मियाँ, सीता दनुवारको नाम सिफारिस भएको छ ।

त्यस्तै क्षेत्र नं ३(ख)बाट प्रत्यक्षमा अवधनारायण यादव, विद्यानन्द यादव, सञ्जय यादव र समानुपातिकतर्फ जानकीदेवी, श्रीप्रसाद राम, लीलादेवी चौधरी, गीता मण्डल, रामेश्वर यादव, दिनेशकुमार साह, शिवनारायण यादव र चितनारायण यादवको नाम सिफारिस गरेको पार्टीका युवा नेता अभिनन्द यादवले जानकारी दिनुभयो ।

त्यसैगरी जिल्लाको क्षेत्र नं ४ को प्रतिनिधि सभाका लागि पार्टी अध्यक्ष उपेन्द्र यादव, अशोककुमार राई, पर्शुराम बस्नेत, मेहन्द्र यादव र समानुपातिकतर्फ रेणुका गुरुङ, सत्यनारायण यादव, सविता यादव, भुपेन्द्र खेरवार, राजकुमारी यादव र प्रमिला यादवको नाम सिफारिस भएको छ ।

त्यसैगरी क्षेत्र नं ४(क)बाट प्रदेश सभाका लागि प्रत्यक्षतर्फ रवीन राई, श्यामनारायण खेरवार, मनोज यादव, जीतेन्द्र खेरबार र समानुपातिकतर्फ भक्तबहादुर बिक, रवीन राई, भद्रलाल उराव, जाबुल अन्सारी, अर्चना राम, राजेन्द्र यादव, तुलसी मेहता, मनोज यादव, मञ्जुदेवी यादव, सुमति कविरथ र अशोक यादवको नाम सिफारिस भएको छ ।

त्यस्तै क्षेत्र नं ४ (ख)का लागि प्रत्यक्षतर्फ हरिगोविन्द यादव, महेन्द्र यादव, मनोज यादव(ए), मनोज यादव(बी) र समानुपातिकतर्फ इसराइल मन्सुरी, देवनारायण खत्वे, दुर्गादेवी दास, रामप्रसाद उराव, सीतादेवी उराव, जीतेन्द्र ठाकुर, महानन्द यादव, अरविन्द्र गुप्ता, जुलीदेवी साह, किरण मेहता, भागवत यादव, कुसुमलाल यादव, बिनादेवी मेहता, अनिता यादव, ननमोहर यादव, रिता यादव, सत्रुघन मेहता, विन्देश्वर यादव र पारसकुमार देवको नाम सिफारिस गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्