Logo

राप्रपाले सुनसरीमा समानुपातिकतर्फ मात्र उम्मेदवारी दिने



इररुवा, २७ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरीले अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ मात्र उम्मेदवार उठाउने भएका छन् ।

केन्द्रमा लोकतान्त्रिक गठबन्धनको कुरा चलिरहेका कारण सुनसरीमा समानुपातिकतर्फको मात्र उम्मेदवारको नाम सिफारिस गरिएको छ ।

राप्रपाले प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ जिल्ला अध्यक्ष डम्बरबहादुर घिमिरे र क्षेत्र नं ३ बाट चन्दनकुमार चौधरीको नाम केन्द्रमा सिफारिस गरेको छ ।

त्यसैगरी प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फ क्षेत्र नं २ (क) मा सावित्री विश्वकर्मा, २ (ख) मा महेशकुमार यादव, क्षेत्र नं– ४ (क) मा भरतराज भट्टराई, र ४(ख) मा मोजम्मिल अहमदको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्