Logo

सिंहदरबारभित्रै शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कालोमोसो दल्ने प्रयास, कर्मचारीले यसरी जोगाए



२७ असोज, काठमाण्डौ । शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कालोमोसो दल्ने प्रयास भएको छ । शुक्रबार सिंहदरबारभित्रै कार्यकक्षमा मन्त्री श्रेष्ठलाई कालोमोसो दल्ने प्रयास गरिएको हो । भेटघाटको नाममा कालो मोसो दल्न गएका विभिन्न राजनितिक दल निकट विद्यार्थी संगठनका प्रतिनिधीलाई मन्त्रीको कार्यकक्षमा गएर मोसो दल्ने प्रयास गरेका थिए ।

शिक्षा मन्त्रालयका कर्मचारीले उपप्रधानमन्त्री तथा शिक्षा मन्त्रीलाई कालो मोसो दल्नबाट बचाएका हुन् । मन्त्रालयका कर्मचारीले रोकेपछि मन्त्रीलाई कालोमासो दल्ने विद्यार्थी संगठनको योजना विफल भएको हो ।

अस्थायी शिक्षकलाइ आन्तरिक प्रतिस्पर्धाको नाममा स्थायी गर्न खोजिएको, सीटिइभीटीमा आर्थिक प्रलोभनमा परेर कलेजहरुलाई सम्बन्धन दिएका लगायतका विषयमा आन्दोलनमा उत्रेका विद्यार्थी संगठनले संयुक्त वैठक बसेर विहिबार शिक्षा मन्त्रीलाई सार्वजनिक वहिष्कार गर्ने निर्णय गरेका थिए ।

सोही निर्णय अनुसार ’तपाँइलाई वहिष्कार गर्ने निर्णय भएको छ’ भन्ने विषयमा जानकारी गराउने वहानामा विद्यार्थीहरु मन्त्रीको कार्यकक्षमा गएका थिए ।
कार्यकक्षमा पुग्ने वित्तिकै विद्यार्थीहरु नारावाजी गर्दै कालो मोसो दल्न लाग्दा कर्मचारीले रोकेका थिए । केहि वेर कर्मचारीसंग ठेलमठेल गर्दै नारावाजी गरेपनि कालो मोसो दल्न भने पाएनन् । नारावजीकै बीचमा प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थीहरु वाहिरीएका थिए ।

आन्दोलनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ वाहेकका नौ विद्यार्थी संगठन सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्