Logo

समानुपातिक सुचिबाट आफ्नो नाम नहटाए ठिक नहुने सिटौलाको चेतावनी



काठमाडौं,३० असोज। नेपाली कांग्रेसले आफ्ना ८ केन्द्रिय सदस्यसहितको नाम समानुपातिक उम्मेदवारको रुपमा बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि अहिले कांग्रेसभित्र ठूलो हल्लीखल्ली मच्चिएको छ ।

आफ्नो नाम तत्काल उक्त सुचिबाट हटाउनको लागि नेता कृष्णप्रसाद सिटौलाले चेतावनी दिएका छन् । संविधान सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट पराजित पुर्व महामन्त्री कृष्ण सिटौला समेत प्रत्यक्ष निर्वाचन छोडेर समानुमातिकमा बसेको भन्ने हल्ला आएपछि उनले आफू प्रत्यक्षतर्फ नै उम्मेद्धवार बन्ने तयारीमा रहेको जनाएका हुन् ।

सिटौला २०६४ संविधान सभा निर्वाचनमा त्यही क्षेत्रबाट पराजित भएकामा २०७० मा भने निर्वा्चित भएका थिए । २०४८ सालको निर्वाचन र २०५१ सालको मध्यावधि निर्वाचनमा पराजित भएका सिटौला २०५६ सालको चुनावमा पहिलो पटक संसद सदस्यमा विजयी भएका थिए ।

उनको क्षेत्रबाट राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन उठ्ने चर्चा भएको छ । तर सिटौलाले भने उक्त क्षेत्र कुनैपनि हालतमा आफूले नछाड्ने भन्दै पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्टि व्यक्त गरेका छन् । उनले देउवालाई आफ्नो नाम तत्काल फिर्ता लिनको लागि समेत आग्रह गरिसकेका छन् । देउवाले हालै चुनावी गठबन्धन गरेर सरकारमा समेत भित्र्याएको राप्रपालाई उक्त क्षेत्र दिने आन्तरिक सहमति गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्