Logo

काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमवीच एकता-फोटो फिचर



काठमाडौं, ३० असोज । नेपाली काँग्रेस र विजयकुमार गच्छेदारको नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमवीच आज एकता भएको छ । नेपाल लोकतान्त्रिक फोरम १० बर्षपछि पुन नेपाली काँग्रेसमै गााभिएको हो ।

गच्छदारको नेतृत्वमा गठन भएको पार्टी पटक–पटक फुट्दै र जुट्दै आएपनि अब भने नेपाली काँग्रेसमै विलय भएको हो। नेपाली काँग्रेससँग एकता पछि गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाली काँग्रेसमै पूर्ण रुपमा विलय हुनेछ।

नेपाली काँग्रेसमा एकतापछि विभिन्न हैसियतमा रहेका लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरुलाई हैसियत अनुसारको पद र जिम्मेवारी दिइने सहमति भएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

 

तस्बिर मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्