Logo

एक दशकपछि कांग्रेसमा फर्किँदा गच्छदारले आँशु झारे



काठमाडौं, ३० असोज । नेपाली काँग्रेस र विजयकुमार गच्छदारको नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमवीच आज एकता भएको छ । नेपाल लोकतान्त्रिक फोरम १० बर्षपछि पुन नेपाली काँग्रेसमै गााभिएको हो ।

गच्छदारको नेतृत्वमा गठन भएको पार्टी पटक–पटक फुट्दै र जुट्दै आएपनि अब भने नेपाली काँग्रेसमै विलय भएको हो ।

एक दशकपछि मुल पार्टीमा फर्किएका गच्छदारले आफूले कांग्रेस छाड्नुको कारणबारे बोल्दै गर्दा आँशु नै झारेका थिए । उनी एक छिन निःशब्द बनेका थिए । यो दृश्य हेरेर उक्त समारोहमा उपस्थिति सबै नेताहरु भावुक बनेका छन् ।

नेपाली काँग्रेससँग एकता पछि गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाली काँग्रेसमै पूर्ण रुपमा विलय हुनेछ। नेपाली काँग्रेसमा एकतापछि विभिन्न हैसियतमा रहेका लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरुलाई हैसियत अनुसारको पद र जिम्मेवारी दिइने सहमति भएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्