Logo

नेता सिटौला र मन्त्री दहितद्धारा पार्टी एकता कार्यक्रम बहिष्कार



काठमाडौं, असोज ३० । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता घोषणा गरिएको छ । दुई दलबीच हिजै पार्टी एकता हुने भनिए पनि बेलुका अबेरसम्म सबै विषयमा सहमति जुट्न नसकेपछि एकताको घोषणा आज गरिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको एकता घोषणामा नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएको छ । पार्टी एकतापछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष रहँदै आएका विजयकुमार गच्छदारलाई कांग्रेसको उपसभापति वा महामन्त्रीमा नियुक्त गर्ने आश्वासन दिएका छन् ।

तर उक्त पार्टी एकता समारोहमा नेता कृष्ण प्रसाद सिटौला कार्यक्रममा गएनन् । उनी पार्टी एकताबाट रुष्ट बनेको स्रोतको दाबी छ । यता, गच्छदारकै पार्टीमा मन्त्री रहेका गोपाल दहित भने गएनन् । त्यस्तै अरु दुई नेता शिवलाल थापा र यशोदा लामा पनि कार्यक्रममा गएनन् ।

नेपाली काँग्रेसबाटै छुट्टिएर काँग्रेसका तत्कालिन नेता विजयकुमार गच्छदारको नेतृत्वमा नेपाल लोकतान्त्रिक फोरम १० बर्षअघि नै गठन भएको थियो ।
गच्छदारको नेतृत्वमा गठन भएको पार्टी पटकपटक फुट्दै र जुट्दै आएपनि अब भने नेपाली काँग्रेसमै विलय भएको छ ।

काँग्रेसमा एकतापछि विभिन्न हैसियतमा रहेका लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरुलाई हैसियत अनुसारको पद र जिम्मेवारी दिइने सहमति भएको छ ।
लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छेदार, जीतेन्द्र देवसहितका केन्द्रीय उच्च नेतृत्वले काँग्रेसमा सम्मानजनक भुमिका पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्