Logo

माओवादी मन्त्रीहरु सिंहदरबारबाट नीजी गाडीमै बाहिरिए



काठमाडौं, ३१ असोज । नेकपा माओवादी केन्द्रका मन्त्रीहरु सिंहदरबारबाट आफ्नो नीजि गाडीमा निस्किएका छन् । सम्भवतः उनीहरु आजै सरकारबाट बाहिरिने छन् ।

मंगलबार बिहान नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री देउवालाई भेटेर सल्लाह गरेका थिए ।
भेटपछि दाहाले सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको उपप्रधानमन्त्री महराले जानकारी दिए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताए ।

माओवादीले एमालेसँग गठवन्धन बनाएपछि प्रधानमन्त्रीले राप्रपालाई सरकारमा ल्याएका थिए। यता माओवादीले वाम गठवन्धन भए पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउँदै आएको थियो।

उपप्रधानमन्त्री एवम् कृष्णबहादुर महराले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई माओवादीले दिएको समर्थन कायमै रहेको बताएका थिए । माओवादीको तर्फबाट देउवा सरकारमा नेतृत्व गरेका महराले पार्टीले निर्णय गरेको खण्डमा भने एक मिनेटपनि सरकारमा नबस्ने स्पष्ट पारेका थिए ।

सिंहदरबारस्थित् मन्त्रालयमा मंगलबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा बोल्दै महराले भने, ‘माओवादीको देउवालाई दिएको समर्थन फिर्ता रहेको छ । पार्टीले निर्णय गरेको खण्डमा हामी एक मिनेटपनि सरकारमा बस्दैनौं ।’ उनले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउन पार्टी र सरकारको ध्यान रहेको पनि बताए ।

 



प्रतिक्रिया दिनुहोस्