Logo

पूर्व राजाको पछिल्लो अभिव्यक्ति स्वागतयोग्य : सह–महामन्त्री राणा



काठमाडौं, ५ कार्तिक । एकीकृत राप्रपा (राष्ट्रवादी) का सह–महामन्त्री प्रदिप विक्रम राणाले पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार दिएको बक्तव्यको स्वागत गर्दै राजालाई मुलुकको नेतृत्वमा ल्याउनको लागि राष्ट्रवादी जनताहरु एक भएर उठ्नुपर्ने बताएका छन्।

पूर्व राजा शाहले जनताले चाहेको खण्डमा आफू मुलुकको नेतृत्व लिन तयार रहेको भन्ने अभिव्यक्ति दिएको भोलिपल्टै नेता जबराले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले लिखित रुपमा जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘मुलुक नेतृत्वविहीन अवस्थामा छ, सवल र सक्षम नेता जन्मिन नसकेको अवस्थामा मुलुक सिक्किमीकरण, भुटानीकरण पनि हुन सक्ने अवस्था देखिएको छ, मुलुक समृद्धि, विकास र स्थायत्वितिर उन्मुख हुने अवस्थामा यी नेताहरुलेको दूरदर्शीताको खडरेकी कारण नेपाली नजताहरुले फेरि पनि राष्ट्रवाद र स्वाधिनताको लडाई लड्नुपर्ने अवस्था टड्कारो रुपमा देखा परेको छ ।’

उनले पूर्व राजा शाहको हिजोको अभिव्यक्तिमा आफूले राष्ट्रियता र राष्ट्रवाद पाएको बताए। उनले अघि थपे, ‘मौसुफले फेरि पनि मुलुक बचाउनको लागि अभिभावकीय भूमिका खेल्न तयार छु भन्ने जो हुकुम भयो, यो ज्यादै सराहनीय र स्वागयोग्य छ।’ पूर्व राजालाई मुलुकको अभिभावकीय भूमिकामा ल्याउनको लागि आफूहरुले पनि विगतमा विभिन्न संघर्षहरु गर्दै आएको उनले जनाए ।

राजासहितको हिन्दु अधिराज्यको पूर्नस्थापनाको लागि अब ढिलाई गर्न नहुने उनको भनाइ थियो। उनले थपे, ‘हामी बन्दुकलाई भन्दा विचारलाई उपर्युक्त ठानेका हुँदा राजा र हिन्दूराष्ट्र तत्काल पूर्नस्थापना गर्नुपर्छ, अन्यथा हाम्रो मागलाई दबाउन खोजेमा प्रतिक्रान्ति हुन सक्छ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot