Logo

मुख्यसचिवमा रेग्मी नियुक्त



काठमाडौं, ६ कात्तिक । सरकारले लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को भर्खरै सम्पन्न बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि रेग्मी २४ औं मुख्यसचिव बनेका हुन् ।

५८ वर्षे उमेर हदका कारण उनले मंसिर ७ गते (भोलि) अनिवार्य अवकाश पाउँदै छन् ।रेग्मीसँगै ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी मुख्यसचिवको प्रतिष्पर्धामा थिए । तर, वरियताक्रममा तेस्रो स्थानमा रहेका रेग्मीले बाजी मारे ।



प्रतिक्रिया दिनुहोस्