Logo

चुनावी घोषणापत्र फाईनल गर्न कांग्रेसको बैठक जारी



काठमाडौं, ७ कात्तिक । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर चुनावी घोषणापत्रलाई अन्तिम रुप दिनको लागि नेपाली कांग्रेस संसदीय बोर्डको बैठक अहिले सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै सुरु भएको बैठकमा केही दिन अघि नै तयार पारिएको उक्त घोषणापत्रको ड्राफ्टलाई आज अन्तिम रुप दिने बुझिएको छ ।

बोर्ड सदस्य समेत रहेका नेता डा. प्रकाशशरण महतले रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा भने,‘आज हामी घोषणापत्रलाई अन्तिम रुप दिन्छौं, अहिले त्यसमै केन्द्रित रहेर छलफल जारी छ।’



प्रतिक्रिया दिनुहोस्