काठमाडौं, १० कार्तिक । वाम गठबन्धनका नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन हुन्छ कि हुँदैन भन्ने विषयमा टेलिफोनवार्ता गरेका छन् ।
सर्वोच्च अदालतको आदेशसँगै निर्वाचन तोकिएकै मितिमा नहुने हो कि भन्ने आशंकासहित वाम गठन्धनका नेताले प्रधानमन्त्री देउवालाई फोन गरेका हुन् । बेग्लाबेग्ल्लै भएको फोनबार्तामा देउवाले तोकिएकै मितिमा चुनाव हुने भन्दै विश्वस्त रहन आग्रह गरेका थिए ।
देउवासँगको कुराकानीपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड खुशी भएका छन् । उनले आफू निकटका नेताहरुसँग समेत भन्ने गरेका छन्,‘देउवाजीले चुनाव समयमै हुन्छ भन्नुभयो, अब मुलकु अघि बढ्यो, चुनाव हुन्छ, हुन्छ, यो खुशीको कुरा हो।’
तर यतिवेला निर्वाचन तोकिएकै मितिमा हुन्छ कि हुँदैन भन्ने कुरामा सबैको ध्यान अदालततिर छ । त्यस्तै निर्वाचन आयोगतिर छ ।