Logo

बर्दियामा चुनावी भीडन्त रोचक, प्रचण्ड भेटेपछि कांग्रेस नेता गौतम मख्ख



काठमाडौं, १० कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बर्दियाको क्षेत्र नम्बर १ बाट बाट चुनाव लड्ने हल्ला चलेसँगै कांग्रेसका उक्त क्षेत्रका प्रत्यासी एवम् सिँचाईमन्त्री सञ्जय गौतमले आज प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रचण्ड निवास लाजिम्पाटमा भएको उक्त भेटवार्तामा दुई नेताहरुवीच पछिल्लो राजनीतिक अवस्था र चुनावी विषयमा केन्द्रित रहेर छलफल भएको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रचण्डले भेटमा आफू चितवनको क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने स्पष्ट पारेका थिए ।

तर वाम गठबन्धनबाट उक्त क्षेत्रमा एमाले उपाध्यक्ष वामदेव गौतम उठ्ने पक्का भएको छ । मन्त्री गौतमको उक्त क्षेत्रमा धेरै राम्रो प्रभाव रहेको स्थानीय नेताहरुको दाबी छ । वामदेवसँगको उनको भीडन्त रोचक हुने धेरैको अनुमान रहेको छ ।

अत्यन्तै सरल र ईमानदार नेताको छवि बनाएका मन्त्री सञ्जयले आफ्नो जित सुनिश्चित रहेको बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot