Logo

नेपाल स्काउटका निर्वतमान प्रमुख आयुक्त लामिछाने सम्मानित



काठमाडौं, ११ कार्तिक । नेपाल स्काउटका निर्वतमान प्रमुख आयुक्त श्रीराम लामिछानेलाई ललितपुरको गोदावरीका नगरवासीले सम्मान गरेका छन् ।

विश्व स्काउट संगठनले सर्वोच्च पदक ‘ब्रोन्जउल्फ’ प्रदान गरेकोे भन्दै लामिछानेलाइ स्म्मान गरेको । सो क्रममा स्थानीय सस्कृति झल्कने प्रस्तुतीहरु गरिएको थियो ।

स्काउटिङको विकासमा उल्लेखनीय योगदान गरेका व्यक्ति विशेषलाई मात्र यो पदक प्रदान गरिदै आएको छ । सन् १९३५ मा स्थापना गरिएको सो पुरस्कार पाउने लामिछाने पहिलो नेपाली हुनुहुन्छ । सम्मान कार्यक्रममा लामिछानेले पुरस्काले आफुलाई समाजसेवमा थप सक्रिय लाग्न टेवा पुग्ने धारणा राखे ।

लामिछानेको पहलमा रसुवा जिल्लामा अवस्थित ५८९० मिटर अग्लो हिमशिखरलाई स्काउटका प्रवर्तक लर्ड वेडेन पावेलका नाममा नामाकरण गरिएको हो । यो हिमशिखर चढि साहसिक कार्य गर्न विश्वका विभिन्न राष्ट्रका युवा स्काउटहरु नेपाल आउने गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot