Logo

पूर्व क्याम्पस प्रमुख डा झाको निधन



राजविराज, १४ कात्तिक : महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका पूर्व क्याम्पस प्रमुख डा सुनिलकुमार झाको सोमबार निधन भएको छ ।

राजविराज नगरपालिका वडा नं २ निवासी डा झाको ८० वर्षको उमेरमा मृत्यु भएको छ । जनकपुरमा छोरीज्वार्इं बसेको ठाउँमा गएका बेला उहाँको असामयिक निधन भएको परिवारजनले जनाएका छन् ।

लामो समयदेखि शिक्षण पेशामा कार्यरत रहनुभएका डा झाका एक छोरा र एक छोरी छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot