Logo

किन उम्मेदवारी फिर्ता लिँदैछिन कोमल ओलीले ? यस्तो छ कारण



कात्तिक १८, दाङ । केही समयअघि नेकपा एमाले प्रवेश गरेकी संचाकर्मी तथा गायिका कोमल ओलीले दाक्ष क्षेत्र नम्बर ३ मा एमालेविरुद्ध दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिने भएकी छिन् । रिपोर्टस नेपाल डटकमसँग कुरा गर्दै ओलीले एमालेको पार्टीगत नीति विपरित जानुहुँदैन भन्ने लागेर उम्मेदवारी फिर्ता लिने मनस्थितीमा पुगको बताइन् ।

पार्टीप्रवेश गरे लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक वा प्रत्यक्षमा समावेश गर्ने आश्वासन दिए पनि त्यसो नगरिएकोमा असन्तुष्टी जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । “नेताहरुले आश्वासन दिने तर पूरा नगर्ने प्रवृत्तिको विरोध गर्दै दिएको उम्मेदवारी पार्टीको नीति विपरित नहोस भनेर फिर्ता लिन लागेकी हुँ ।” ओलीले भनिन् ।

यद्यपी आफुले विश्वास गरेको एमाले पार्टीले आफुलाई भने विश्वास नगरेको भन्दै उनले अन्य दलले आफुलाई विभिन्न आश्वासन दिएर सम्पर्क गरिरहेको खुलासा गरिन् । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र नेपाली कांग्रेसका खुमबहादुर खड्कासँग छलफल भइरेको ओलीले बताइन् ।
आफ्नो राजनीतिक भविष्यका बारेमा विभिन्न कोणबाट छलफल चलिरहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्