Logo

महेश आचार्यको आरोप : वामपन्थी गठबन्धन मुलुकलाई द्वन्द्वतर्फ लैजाने उद्देश्यका साथ भएको हो



बिराटनगर, कात्तिक १८ । नेपाली कांग्रेसका नेता महेश आचार्यले नेपालमा कम्युनिस्ट वर्चस्वको सरकार बनाउने कल्पना दिवास्वप्न मात्र हुने बताएका छन् ।

विराटनगरस्थित आफ्नै निवासमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा नेता आचार्यले वामपन्थी दलहरुबीचको गठबन्धन मुलुकलाई द्वन्द्वतर्फ लैजाने उद्देश्यका साथ भएको दाबी गरे ।

उनले एमाले र माओवादी केन्द्र निर्वाचनपछि वहुमत ल्याएर सरकार बनाउने र मुलुकलाई राष्ट्रपतीय प्रणलीमा लैजाने उद्देश्यसहित मोर्चाबन्दीमा लागे पनि त्यसलाई कांग्रेसले असफल बनाइदिने जिकिर गरे । उनले वाम गठबन्धनले मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजान खोजे कांग्रेस आन्दोलनमा उत्रिने चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्