Logo

नेपाली कांग्रेस आफ्नै कारण कमजोर भएको प्रचण्डको टिप्पणी, विपीको आदर्शतिर फर्कन सुझाब



कार्तिक १९, चितवन । पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नं. ३ का उम्मेदवार प्रचण्डले नेपाली कांग्रेस आफ्नै कारण कमजोर हुँदै गएको बताएका छन् । चितवनको चनौलीमा पार्टी कार्यालय उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, “इतिहासमा नेपाली कांग्रेसले पटकपटक देशको नेतृत्व गर्ने अवसर पाएको छ।

तर, पछिल्लोपटक कांग्रेसमा देखिएको नेतृत्व संकटले कांग्रेस कमजोर बन्दैछ । अब तपाईहरु बामपन्थी गठबन्धनबाट आतङ्कित नहुनुस् । तपाईहरु पनि मिल्नुस् । बिपीको आदर्शतिर फर्कनुस, त्यो नै देश र कांग्रेसको पनि हितमा हुन्छ ।

“स्थीर सरकारले मात्र दीगो विकास र समृद्धि हासिल गर्न सकिन्छ । हामीले राजनीतिक स्थीरता खोजेका छौं, विकास खोजेका छौं“ प्रचण्डले भने । स्थीर सरकार बनाएर देशलाई विकास र समृद्धिको नयाँ चरणमा लैजानका लागि वाम गठबन्धन गरिएको प्रचण्डको स्पटोक्ति छ ।



प्रतिक्रिया दिनुहोस्