Logo

निर्वाचनलगत्तै एमाले र माओवादी केन्द्रवीच एकता हुन्छ : ओली



ताप्लेजुङ, १९ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिरको निर्वाचनपछि एमाले र माओवादी केन्द्रवीच एकता हुने दाबी गरेका छन् ।

आईतबार ताप्लेजुङको सदरमुकाम फुङलिङस्थित तक्मेबजारमा आइतबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन ।
एमाले सचिव योगेश भट्टराईलाई जिताएर पठाउन मतदातालाई आग्रह गर्दै त्यसो भएमा आफूले मन्त्री बनाउने बताएका छन् । उनले योगेशको खुलेर प्रंशसा गर्दै ढुक्क भएर जिताउन अनुरोध गरे ।

उनले अघि भने,‘यस्तो युवा, यस्तो अनुभवी, यस्तो तेजतर्रार, पार्टीले विश्वास गरेको, मैले विश्वास गरेको, देशले विश्वास गरेको, ताप्लेजुङको जनताले विश्वास गरेको युवा मतिष्क र युवा काँध र युवा हातले ताप्लेजुङ बनाउदैन होला र ? तपाईहरु ढुक्क हुनहोस माथि म छु, यहाँ योगेश ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले योगेश एमाले र माओवादीको मात्रै उम्मेदवार नभएर सबैको साझा भएको तर्क गरे । ‘अबको सरकार वामपन्थीको बन्छ भन्ने सबैलाई थाहा छ, वामपन्थी मध्येपनि सबैभन्दा ठुलो एमाले नै होला । एमालेको अध्यक्ष ताप्लेजुङ आएर किन सम्बोधन गर्दैछ त्यो भनी रहन नपर्ला । अब मन्त्री भएर ताप्लेजुङ चलाउने जिम्मा योगेशको हो’ ओलीले भने ।

ओलीले निर्वाचनपछि एमाले र माओवादीबीच एकता हुने दाबी गरे । त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै योगेश भट्टराईले आफ्नो गृह जिल्लामा स्वागत गर्दै अध्यक्ष ओलीसँग जोडिएका संस्मरण सुनाएका थिए ।

आगामी पुष महिनामा वामपन्थीहरुको दुई तिहाई शक्तिको सरकार वन्दै छ त्यसको नेतृत्व गर्ने ब्यक्ति आज हामीले ताप्लेजुडको तोक्मेगोलामा पाएका छौ ।



प्रतिक्रिया दिनुहोस्