Logo

महतोलाई हराउन निधि ‘मनी एण्ड मसल’ प्रयोगमा व्यस्त



काठमाडौं, १९ कार्तिक । आगामी मंसिर १० र २१ गते हुने निर्वाचनको माहोल सुरु भैसकेको छ । धनुषाको क्षेत्र नम्बर ३ मा भने अहिले रोचक भीडन्त देखिएको छ ।

२ नम्बर प्रदेशका चर्चित नेताद्धय विमलेन्द्र निधि र राजेन्द्र महतोवीचको भीडन्तले नेपालमा मात्रै नभए अन्यत्रपनि चर्चा बटुलेको छ । कांग्रेस नेता निधि र राजपा नेपालका अध्यक्ष मण्डल सदस्य महतोको उम्मेदवारीले अहिले देशभरि नै चलेको छ । कुना-कुनामा यो विषयले चर्चाको स्थान पाएको छ। हुन त महतोले निधि लगायत सिँगो मधेशलाई नै सरप्राईज नै दिएका हुन् ।

उनी सर्लाही छोडेर धनुषा आएपछि अहिले चर्चाको विषय बनेको छ । यता निधिको भने उक्त क्षेत्र पैतृक नै हो । उनको गाउँ नगराइन समेटिएको यो क्षेत्रमा महतोले उम्मेदवारी दिएपछि यहाँको चुनावी माहोल पूरै चर्चाको विषय बनेको हो ।

राष्ट्रिय राजनीतिमा निरन्तर छाईरहेका नेता महतो संविधान जारी भएदेखि यता असन्तुष्ट पोख्दै आन्दोलनको मोर्चामा अग्रपँक्तिमा देखिएका छन् । उनले मधेशी जनताको अधिकार संविधानमा उल्लेख नभएसम्म आन्दोलन जारी रहने भन्दै मधेशमा नै आफूलाई केन्द्रित गरेका थिए ।

पछिल्लो समय स्थानीय निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको मेयरमा राजपाको जितबाट हौसिएर महतोले उक्त क्षेत्र रोजेका हुन् । हिजो शनिबार बिहानैदेखि निधि घरदैलो कार्यक्रममा व्यस्त छन् । तर यो निर्वाचनमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने महतोको पक्षमा खुलेरै लागेका छैनन् । उनीहरु भित्री रुपमा महतोलाई हराउनको लागि केन्द्रित रहेको बुझिएको छ ।

निधि निकटका कार्यकर्ताहरु पनि यतिवेला सशंकित बनेका छन् । कतै वामपन्थीहरूको मत पाएर राजपा नेता महतोले जित्ने हुन् कि भनेर सशंकित देखिएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

निधि र महतोको मात्रै चर्चा गरेर हुँदैन । यहाँ एमाले र माओवादी केन्द्रको तर्फबाट साझा उम्मेद्धवारको रुपमा माओवादीले कमजोर उम्मेदवारका रूपमा रामसिंह यादवलाई चुनावी मैदानमा उतारेको छ ।

हो, अहिले ३ नम्बर क्षेत्रमा जसरी उम्मेद्धवारी दर्ता भयो, यहाँ भित्री आवरणमा अर्को खेलाडी पनि देखिएका छन् । तर ती खेलाडी भने अहिले जेलजीवन यापन गरिरहेका छन् । सञ्जय साह उर्फ टक्ला । तर देखिने खेलाडी भनेको नै तीन जना मात्रै हुन । निधि, महतो र यादव । टक्लाले जता सहयोग गरेपनि त्यो निकै ठूलो पल्लाभारी हुने विश्वास लिईएकोछ । पछिल्लो समय टक्लाले कांग्रेसका उम्मेद्धवार निधिप्रति सहयोग गर्ने भन्दै ग्रिन सिग्नल दिएका छन् ।

यता मओवादी केन्द्रका उम्मेद्धवार यादवले पनि राजेन्द्र महतोलाई सहयोग गरिदिने हुन कि भन्ने संशय बाँकी नै छ । जो जतातिर लागेपनि त्यो मत दुवै नेता अर्थात निधि र महतोको लागि ठूलो सप्राईज गिफ्ट हुनेछ ।

अन्तिममा आएर बाजी मार्ने भनेको चाहीँ फेरि लहर र चुनावी एजेण्डा पनि महत्वपूर्ण हुन्वछ । आर्थिक रुपमा दुवै नेता निधि र महतो बलियो मान्छिन् ।
यो निर्वाचनमा उनीहरु दुवै खेलाडी गोल हान्ने अभियानमा जुटेका छन् । निधि त चुनाव जित्नको लागि दश करोड खर्च गर्न तयार रहेको कुरा खुलासा भएको छ । तर निधिभन्दा महतोपनि के कम ? उनी पनि तयार नै छन् । रामसिंह पनि पैसावाला नेता मानिन्छन् । उनी पनि त्यो प्रतिष्पर्धामा खरो उत्रिने तयारीमा छन् ।

मधेशमा निधि र महतोवीच अर्को फ्याक्टरले पनि काम गर्छ । त्यो भनेको संविधान संशोधनको एजेण्डा पनि हो । हुन त सुरुवातदेखि नै यो एजेण्डामा निधि र महतोवीच सँधै समान धारणा रहँदै आएको छ । अर्को कुरा भनेको मधेशको समग्र विकास पनि उतिकै महत्वपूर्ण पक्ष हो ।

जुन दुवै उम्मेद्धवारले पटक पटक दोहोर्याएर आफू विजयी भए जनकपुरको सिँगो विकासको ठेक्का लिने प्रण गरेका छन् । त्यसैले यो चुनावमा निधि र महतोवीचको पावर, मनी मसल केन्द्रित भीडन्त हेर्न लायकको छ । जित जसको भएपनि भीडन्त भने रोमाञ्चक हुने पक्का छ ।

 

 



प्रतिक्रिया दिनुहोस्