Logo

युवाहरुका लागि लक्षित डिजिटल मार्केटिङ वर्कसप आगामी मंसिरमा हुने



कात्तिक २०, काठमाण्डौ । आगामी नोभेम्बर २४, २५ र २६ तारिख अर्थात मंसिर ८, ९ र १० गतेका दिन ३ दिने डिजिटल मार्केटिङ वर्कशप हुने भएको छ ।

कर्मास्थ ग्रुपले आयोजना गर्न लागेको वर्कशपमा एसइओ (सर्च इन्जिन अप्टिमाइजेसन), डिजिटल मार्केटिङ सहित CMS (कन्टेन्ट म्यानेजमेन्ट सिस्टम) का बारेमा विस्तृत अन्तरक्रिया हुनेछ । विगत लामो समयदेखि SEO र डिजिटल मिडिया मार्केटिङमा काम गर्दै आइरहेका प्रकाश खतिवडा तथा वेब डेब्लोपर प्रतिक बस्यालले ३ दिनको सो इभेन्टमा सहजीकरण गर्नेछन् ।

अन पेजर अफ पेज अप्टिमाइजेसन, लिंक बिल्डिंग, वेबसाइट तथा ब्लग प्रमोसन गर्ने लेटेस्ट गुगल टेक्निक, डिजिटल मार्के्टिंग, सोसल मिडिया अप्टिमाइजेसन साथै वेब कन्टेन्ट म्यानेजमेन्ट सेरोफेरोमा रहेर इभेन्ट हुन लागेको कार्यक्रम आयोजक संस्थाका निकेश श्रेष्ठले जानकारी दिए । आइटी र ननआइटी सबैले उक्त इभेन्टमा भाग लिन सक्ने बताइएको छ । इभेन्टपछि राम्रो पर्फर्मेन्स दिन सक्नेहरुलाई इन्टरनशिपको पनि व्यवस्था गरिएको छ ।

कार्यक्रममा सहभागिताका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ । लिभिंग विथ आइसीटी, आइसीटि फ्रेम, हिमालि खबर डटकम साथै धादिंग अपडेटले मिडिया सपोर्ट गरेको सो इभेन्ट Bac Art Cafe पुल्चोकमा सन्चालन हुनेछ ।

थप जानकारीका यहाँ क्लिक गर्नुहोस्

टिकक बुकिङका लागि यहाँ क्लिक गर्नुहोस



प्रतिक्रिया दिनुहोस्

Screenshot