Logo

मधेशी जनताको मत दुरुपयोग रोक्न धनुषाबाट चुनाव लडेको हुँ : नेता महतो



महेन्द्रनगर, धनुषा, २१ कात्तिक : राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले विगतमा जस्तो मधेशी जनताको मतको दुरुपयोग रोक्न आफू धनुषा क्षेत्र नं ३ बाट चुनाव लडेको बताउनुभएको छ ।

आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले मधेशीको मत लिएर मधेशीकै अधिकार खोस्ने नेतामाथि प्रहार गर्नका लागि आफू यस क्षेत्रबाट चुनाव लडेको स्पष्ट पार्नुभयो ।

नेता महतोले भन्नुभयो, “मधेशको भोट लिएर मधेशीलाई नै समाप्त गर्ने नेताहरुले विगतमा यही क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए, यसपटक त्यसलाई तोड्नका लागि म उम्मेदवार बनेको हुँ ।”

यसपटक मधेसी जनताले मधेसको स्वाभिमान, समान र हकअधिकार स्थापनाका लागि आन्दोलन गर्ने राजपाको पक्षमा मतदान गर्ने बताउँदै “लोकतान्त्रिक गठबन्धन बन्न नसक्नुमा काँग्रेसी नेताको दोष छ,” भन्नुभयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्